0
Shares
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं । एक्कासि आएको बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।
बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहावका कारण उद्धारमा कठिनाइ भएको थियो ।