0
Shares
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तारिफ गरेका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले गगन–विश्वलाई सलाम मित्रहरू भनेका छन् ।
उनले लेखेका छन्, “हामीले बोल्यौँ, केही गर्यौँ, तपाईंहरूले बोल्नुभयो हामीभन्दा धेरै गर्नुभयो । सलाम मित्रहरू ।”
गगन–विश्वको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन सुरु भएको छ ।