0
Shares
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईले एक अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा दुवैको दावी पुग्ने फैसला अदालत गरेको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इलसाले सोमवार दुवैले एक अर्काविरुद्ध हालेको मुद्दामा माग बमोजिमको दावी पुग्ने फैसला गरेको हो ।
बस्नेतले प्रसाईविरुद्ध २०८० कात्तिक १७ र प्रसाईले बस्नेतविरुद्ध कात्तिक ११ गते गाली बेइज्जती मुद्दा दर्ता गरेका थिए । फैसलामा के सजाय हुने भन्ने आइसकेको छैन । दुवैले कैद र जरिवाना सजायको माग गरेका थिए ।
उनीहरूले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिन सक्नेछन् ।