अध्यक्ष पद छाड्ने नेसपा (नयाँ शक्ति) का अध्यक्ष भट्टराईको प्रस्ताव

0 Shares

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफूले अध्यक्ष पद छाड्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बुधबार सुरु भएको विशेष विस्तारित बैठकमा भट्टराईले युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै अध्यक्ष पद छाड्ने प्रस्ताव राखेका हुन् । उनले बैठकमा फागुनमा विशेष महाधिवेशन गर्ने र त्यही महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव पनि पेस गरेका छन् ।

नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईले बैठकमा अध्यक्षको प्रस्तावको विषयमा छलफल भइरहेको कान्तिपुरलाई बताइन् ।