‘रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन’

0 Shares

रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थान्तरण गरेपश्चात् सोमबार लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको चिकित्सकले बताएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

हावा, घामलगायत नियमित आवश्यकता लामिछानेको शरीरले नपाएको देखिएको बताइएकाे छ । ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नेतृत्वकाे टोलीले लामिछानेको थप स्वास्थ्य जाँचको प्रक्रिया थालेको छ ।

भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावा पानी नपाएको, अत्यधिक गर्मी रहेका कारण उनको शरीरमा केही समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ।