कुलमानको दल दर्ता भोलि, पार्टीको नाम नेपाल जनसेवा !

0 Shares

काठमाडौँ । ३ वटा विकासे मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।

स्रोतका अनुसार भोलि नै पार्टी दर्ता गर्न लागिएको हो । ‘ पार्टीको नाम नेपाल जनसेवा रहने विषयमा छलफल भएको छ । यद्यपि टुङ्गो लाग्न बाँकी छ, तर भोलि आयोगमा जाने तयारी चाहिँ भइसक्यो,’ कुलमान निकट स्रोतले रातोपाटीलाई जानकारी दियो ।

पार्टीको आन्तरिक काम सकिएको भएपनि सहभागी हुने नागरिकहरूसँग पार्टीको नाममा अन्तिम छलफल भइरहेको स्रोतले बतायो ।

‘भोलि दल दर्ताका लागि निवेदन पेस गर्ने तयारी गरेका छौँ, त्यसपछि धेरै कुरा थाहा भइहाल्छ, अहिलेलाई यति भनौँ,’ उनले भने ।