प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई मन्त्रीका गाडी ठोक्किए

0 Shares

धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

 

भौतिकमन्त्री सुरेन्द्रबहादुर पाल चढेको गाडी र कानुनमन्त्री हीरा सार्की चढेको गाडी लम्कीमा ठोक्किएको कैलाली प्रहरीले जनाएको छ । मन्त्री सार्की से.१ झ ३३० नम्बरको गाडीमा र पाल बा.२ झ १४१९ नम्बरको गाडीमा सवार थिए ।

The vehicles of two ministers from the Far West, who were walking to welcome the Prime Minister, collidedभौतिकमन्त्री सुरेन्द्रबहादुर पाल चढेको गाडी

दुवै गाडी क्षतिग्रस्त भए पनि गाडीमा रहेका मन्त्रीसहित सबैको अवस्था सामान्य रहेको कैलाली प्रहरी प्रवक्ता राजकुमार सिंहले बताएका छन् ।

प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका–कटासेमा निर्माण सम्पन्न जलविद्युत् आयोजनाको उद्घाटनका लागि पुगेका हुन् ।

The vehicles of two ministers from the Far West, who were walking to welcome the Prime Minister, collided