अब अर्थमन्त्रीलाई भेट्न क्यूआरमार्फत नाम टिपाउनु पर्ने

0 Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूलाई भेट्न आउने सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणहरूका लागि भेटघाटको नयाँ समय तालिका निर्धारण गरेका छन् ।

सचिवालयले मन्त्रीको समय व्यवस्थापनलाई व्यवस्थित बनाउन यो कार्यविधि ल्याइएको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार अब अर्थमन्त्रीसँगको भेटघाटका लागि हप्ताको तीन दिन मंगलबार, बुधबार र बिहीबार निर्धारण गरिएको छ । यी दिनमा अपराह्न ४ बजेदेखि ६ बजेसम्म मात्र भेटघाटको समय तय गरिएको बताइएको छ ।

सचिवालयले क्यूआर कोडको व्यवस्था गरेको छ । इच्छुक आगन्तुकहरूले उक्त क्यूआर कोड स्क्यान गरी भेटघाटको विषय खुलाउनुपर्ने र सचिवालयमार्फत अग्रिम समय तालिका निर्धारण गर्नुपर्ने बताइएको छ ।