नारायणकाजीले अमेरिका पुगेर दिए प्रचण्डलाई यस्तो जवाफ

0 Shares

काठमाडौँ, २९ असारः नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयले त्यति ठूलो महत्त्व पाउनुपर्ने र पार्टी नेतृत्व तरंगित हुन नपर्ने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका श्रेष्ठले शनिबार टेक्ससमा स्थानीय नेपाली संवाददातासँग पार्टीको निर्णयले मात्र कसैलाई भेट्नुपर्छ भन्ने नरहेको उल्लेख गरे । “पार्टी अध्यक्षले पनि कस–कसलाई भेट्नुहुन्छ, पार्टीमा निर्णय गराएर कहिल्यै भेट्नुभएको छैन,” उनले भने, “उहाँलाई मैले फलानोलाई भेट्नुभएछ भनेर सोध्न मिल्छ रु”

उपाध्यक्ष, महासचिवले पनि पार्टी निर्णयबिनै अरू दलका नेता–कार्यकर्तासँग भेटिरहेका श्रेष्ठले बताए । पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा वामपन्थी एकताका विषयमा छलफल भएरनभएको उनले केही खुलाएनन् । “अहिलेलाई वामपन्थी एकताको कुनै सम्भावना मैले देखेको छैन,” उनले भने ।

उनले भण्डारीसितको भेटमा आफूले प्रधानमन्त्रीभन्दा माथिल्लो पदमा पुगेका राष्ट्रपति, उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेको बताए । “विशेषतः सम्माननीयहरू सक्रिय राजनीतिमा फर्किनु हुँदैन,” उनले भने, “तर, आउनैपर्ने अपवादको अवस्था छ भनेचाहिँ पुष्टि गरेर मात्र आउनुपर्छ ।”

उनले अगाडि भने, “देशलाई मेरो आवश्यकता पर्‍यो, देशलाई यो समस्याबाट निकास दिन्छु भन्ने पुष्टि गर्न सक्नुहुन्छ भने मात्र औचित्य पुष्टि हुन्छ ।”

गएको साता नेपालमा श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीलाई भेटेको विषयले माओवादीभित्र ठूलो तरंग सिर्जना भएको थियो। विशेषतः भण्डारी र श्रेष्ठले वाम एकताका विषयमा कुराकानी गरेको चर्चा छ ।