पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मदिन निर्मल निवासमा मनाए।

0 Shares

समर्थकहरूले लाइन बसेर शुभकामना दिए र समर्थकहरूको भीड थियो।
२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ८० औं जन्मदिन मनाएका छन् । निर्मल निवासमा आयोजित एक विशेष कार्यक्रममा ज्ञानेन्द्रले आफ्नो जन्मदिन मनाएका हुन् ।

उनको जन्मदिनमा सहभागी हुन पुग्ने समर्थकहरूको बाक्लो भिड थियो । समर्थकहरूले लाइन बसेरै पूर्वराजा शाहलाई शुभकामना दिए ।

जन्मोत्सवको अवसरमा शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए ।

पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र त्यसपछि मात्रै नेपालको माया जाग्ने पनि बताए ।