नेपाल पत्रकार महासंघ जापान शाखाको १५ औँ स्थापना दिवस तथा प्रवास पत्रकारिता पुरस्कार–२०२६ कार्यक्रम सम्पन्न

0 Shares

जापान — नेपाल पत्रकार महासंघ (FNJ) जापान शाखाद्वारा आयोजित १५ औँ स्थापना दिवस तथा प्रवास पत्रकारिता पुरस्कार–२०२६ कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। यस संस्थाका जापान अध्यक्ष रविन्द्र श्रेष्ठ हुन । कार्यक्रम कार्यवाहक राजदूत हरिहर कान्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा जापानमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, महासंघमा आबद्ध पत्रकारहरू, सञ्चारकर्मी तथा शुभेच्छुक महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रवासमा नेपाली पत्रकारिताको योगदान, यसको विकास तथा पत्रकारहरूको पेशागत एकता सुदृढ बनाउने विषयमा विशेष चर्चा गरिएको थियो।

नेपाल पत्रकार महासंघ जापान शाखाले कार्यक्रम सफल बनाउन साथ, सहयोग र सहकार्य प्रदान गर्ने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाहरू, कार्यक्रम व्यवस्थापनमा खटिनु भएका स्वयंसेवकहरूको भुमिका निकै उत्कृष्ट थियो ।

कार्यक्रममा उपस्थित भई गरिमा बढाइदिनु भएका सबै महानुभावहरू प्रति नेपाल पत्रकार महासंघ (FNJ) जापान शाखाले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

महासंघले प्रवासमा नेपाली पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत एकता तथा संस्थागत सुदृढीकरणका लागि आगामी दिनहरूमा पनि सबैको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरेको छ।

FNJ Japan का तर्फबाट कार्यक्रम व्यवस्थापन तथा समन्वयमा हरिहर कान्त पौडेल, तिलक मल्ल, शान्ता पहारी, अर्जुन लामिछाने तथा निशान राना लगायतको सक्रिय भूमिका रहेको थियो।