काठमाडौँ — बौद्ध भिक्षुको टोली १ सय ८ दिनको शान्ति यात्रा सकेर मंगलबार वासिङटन आइपुगेको छ । टेक्सासको फोर्ट वर्थस्थित हुओङ दाओ विपाश्यना भवनबाट सुरु भएको यात्रा ३७ सय किलोमिटरभन्दा लामो दुरी पार गरेर वासिङटन आइपुगेको हो ।
टोलीलाई वासिङटनमा ठूलो जनसमुदायले स्वागत गरे । मंगलबार यो टोलीले अन्तर धर्मप्रतिको सम्मानमा वासिङटनस्थित नेशनल क्याथड्रेल भ्रमण गरेको छ । उनीहरुले यसै साता अब्राहम लिंक स्मारक र शान्ति स्मारक भ्रमण गर्ने योजना बनाएका छन् ।
आफ्नो पदयात्राका यो टोलीले आलोका नामक कुकुरलाई पनि समावेश गरेको थियो । सन् २०२२ मा भारतमा पदयात्रामा छँदा यो कुकुरले उनीहरुलाई पछ्याएको थियो ।
त्यसबेला झन्डै १ सय दिन आलोकले उनीहरुसँग बितायो । सन् २०२५ को अन्त्यमा टोलीले टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि आलोकालाई भारतबाट अमेरिका बोलाइयो लगियो ।
पदयात्राकै क्रममा खुट्टामा समस्या देखिएपछि यो आलोकको शल्यक्रिया गरिएको थियो । टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेको हो ।
उनीहरुलाई बुधबार वासिङटनमा ठूलो जनसमुदायले स्वागत गर्यो । सामाजिक सञ्जालमा यो टोली र उनीहरुको उद्धार गरेको कुकुर अलोक निकै प्रख्यात भइसकेका छन् ।