काठमान्डौं । सक्रिय शैक्षिक परामर्श संघ नेपाल (AECAN) को तेस्रो वार्षिक साधारण सभाबाट सम्पन्न भएको छ । राजधानीमा संचालन भएको उक्त साधारण सभाबाट निर्विरोध पदाधिकारी चयन गरिएको छ । तेस्रो वार्षिक साधारण सभा श्री किशोर तिवारीको सभापतित्वमा, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेललाई प्रमुख अतिथिको रूपमा तथा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख श्री सेमन्त कोइराला ज्यू विशिष्ट अतिथिको रूपमा उपस्थितिमा सम्पन्न भएको छ।

साधारण सभामा संघका सम्माननीय अतिथिहरू, सदस्यज्यूहरू तथा सहभागिहरूको आतिथ्य र समर्थनको साथ नयाँ कार्यसमिति सफलतापूर्वक निर्वाचित भएको छ।
साधारण सभाबाट मेघराज शाही प्रथम उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। नवगठित नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सभाले AECAN संस्थालाई अझ सशक्त, प्रभावकारी तथा संस्थागत रूपमा मजबुत बनाउने अपेक्षा व्यक्त गरेको छ।
राजधानिमा आयोजना गरिएको साधारण सभाले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी तथा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने विषयमा छलफलसमेत गरेको थियो।
साधारण सभाबाट निर्विरोध निर्वाचित AECAN को कार्यसमिति निम्नानुसार रहेको छः
अध्यक्ष:
किशोर तिवारी
उपाध्यक्ष:
मेघराज शाही
रमेश पाठक
महासचिव:
दामोदर फुयाल (प्रज्वल)
सचिव:
मनीष कुमार वर्देवा
कोषाध्यक्ष:
मुकेश खतिवडा
सह–कोषाध्यक्ष:
हीरानाथ महर्जन
कार्यसमिति सदस्यहरू:
सुजान लामिछाने
गंगाराम बस्नेत
प्रेमप्रसाद शर्मा पौड्याल
सुमन थापा
राधिका शाही
प्रमिला पूरी
कृष्णहरि सापकोटा
राजकुमार महार्जन
सुवास थापा
विष्णु अधिकारी
नवगठित कार्यसमितिले AECAN लाई शैक्षिक परामर्श क्षेत्रको साझा छाता संगठनका रूपमा विकास गर्दै नेपाल र विदेशमा रहेका शैक्षिक परामर्शदाताहरूको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।