डा. भीम रावललाई एमालेको धङधङी ! नेकपाको सन्देश सभामा जिभ्रो चिप्लियो

0 Shares

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशमा आयोजित एकता सन्देश सभामा आज जनसमुदायको बाक्लो उपस्थिति थियो । १५ भन्दा बढी कम्युनिस्ट घटक एक ठाउँमा उभिएको सन्देश दिन मञ्च सजिएको थियोनारा तयार थियोङ्कल्प मजबुत थियो । तरसम्बोधनका अन्तिम वाक्यमा नेकपाका शीर्ष नेता डा. भी रावल भने झुक्किन पुगे ।

ङ्‍कल्प र भावुकताले भरिएको आफ्नो लामो सम्बोधनको अन्तिमतिर पुग्दै गर्दाउनले अनायसै बोले, ‘आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमतको यात्रालाई कसैले रोक्न सक्ने छैन’ । सभा हल एकाएक अचम्मित भयो । कार्यक्रमस्थल हाँसोमय भयो । मञ्चबाट कार्यक्रम सञ्चालकले तुरुन्तै माइकमै सङ्‍केत गरे, ‘नेपाली कम्युनिस्ट पार्टी भन्नुहोस् न, नेकपा (एमाले) भन्नुभयो’।

 नेता रावलले तत्कालै आफ्नो बोली सच्याए ।

रावलले अक्मकिदैँ आफ्नो भनालाई सच्याएर भने, ‘नेपाली कम्युनिस्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन ।’ त्यसपछि उनले उपस्थित भीडलाई नारामा जोड्न हात उठाए । ‘एक पटक सबैले नारा घन्काऔँ, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद ।’ कार्यक्रमस्थल नारामा गुन्जियो ।

रावल नेकपा (एमाले) का पूर्व उपाध्यक्षसमेत हुन् ।


यस्तो थियो रावलको मन्तव्यको अन्तिम अंश

‘विगतका १५ वटा कम्युनिष्ट पार्टी एक ठाउँमा आइसकेपछि अब हाम्रो सङ्‍कल्प छ, आदरणीय नेपाली दिदी बहिनी तथा दाजुभाइ, हामीले विगतमा कहीँ गल्ती गरेको छ भने, हामीलाई क्षमा गर्नुहोस्, अब एउटा स्वाधीन, समृद्ध नेपाली युवालाई यही देशमा रोजगारी दिलाउने हाम्रा जग्गाजमिनजलस्रोतलाई नेपाली जनताको सर्वोपरी हितमा उपयोग गर्ने हामी त्यो दिशामा अगाडि बढ्छौं ।

चाहे त्यो आउने निर्वाचनमा होस्चाहे राजनीतिक जुनसुकै मोर्चामा होस्हामीलाई साथ दिनुहोस् । हामीलाई त्यो समृद्ध नेपाल निर्माणको दिशामा दृढतापूर्वक नेतृत्व गर्छौ भनेर आज मलाई विश्वास छ, हामी सबैले सङ्‍कल्प गरेका छौ, यो पोखराको चिप्ले ढुङ्‍गामा म तपाईंको बीचमा धेरै वर्षपछि उपस्थित हुन पाउँदा जुन मैले धनगढीमा, देउखुरीमा, आज यत्रो विशाल जनसभा देखें, मलाई पूरा विश्वास छ, आउने निर्वाचनमा नेकपा एमालेको बहुमतलाई नेकपा एमालेको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन् ।’

त्यसपछि कार्यक्रम सञ्चालकले नेपाली कम्युनिष्ट पार्टी भन्नुहोस् न, नेकपा एमाले भन्नुभयो भनेर सचेत गराए । त्यसपछि रावलले सच्याउँदै भने, ‘नेपाली कम्युनिष्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन, त्यसै कारण एक पटक सबैले नारा घन्काउ, नेपाली कम्युनिष्ट पार्टी जिन्दावाद, नेपाली कम्युनिष्ट पार्टी जिन्दावाद । धन्यवाद नमस्कार अभिवादन ।’