रोल्पामा पहिरो, सहिद राजमार्ग अवरुद्ध

0 Shares
काठमाडौं । रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ । परिवर्तन गाउँपालिका–५, सागुरोखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शनिबार (साउन १७) बेलुका करिब १८ः३५ बजे उक्त स्थानमा पहिरो खसेको हो । पहिरोका कारण घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।