नेपाल-चीन सीमा सुरक्षा बैठक : अलपत्रको उद्धार र नाका सहज बनाउनेबारे छलफल

0 Shares

सिन्धुपाल्चोक — सिन्धुपाल्चोक को भोटेकोसी गाँउपालिका(२ तातोपानीबाट चीन जोड्ने तातोपानी नाका सहज बनाउन र अलपत्र नेपालीको उद्धारमा चीनले चासो देखाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार शुक्रबार मितेरी पुलपारि झाङ्मु चिनियाँ प्रशासनिक भवनमा सम्पन्न ुक्रस बोर्डर क्राइमु र सीमा सुरक्षा बैठकमा नाकाबारे महत्त्वपूर्ण छलफल गरिएको हो । बैठकमा चीनका उच्च अधिकारीले नाकाको आयात(निर्यातबीच सीमा सुरक्षाअर्न्तगत अवाञ्छित गतिविधि हुन नदिने, सम्भावित आपराधिक गतिविधि नियन्त्रण, आपसी मितेरी सम्बन्ध, व्यापारिक क्रियाकलापजस्ता विषयमा चासो देखाएका थिए ।

जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन सुरक्षा लगायतका अधिकारीबीच बैठक बसेको थियो । ुछलफलमा नेपाल(चीनको जनस्तरमा सम्बन्ध, सीमा सुरक्षा व्यवस्थापन, व्यापार पर्यटनको वृद्धिजस्ता महत्त्वपूर्ण विषयका कुरा उठाइएको छ,ु प्रमुख जिल्ला अधिकारी थापाले भने ।

नेपाल र चीनको ७० औं ऐतिहासिक मित्रता र सम्बन्धमा आपसी सद्भावसहित छलफल र बैठक गरिएको उनले जानकारी दिए । बैठकमा विपद्को अवस्थामा सूचना र पूर्वसर्तकता, निर्यातलाई विशेष प्राथमिकता र नजिकिँदो चाडपर्वका लागि कन्टेनर बढाउन नेपाल पक्षले आग्रह गरेको थियो ।

ुकैलाश मानसरोवर जाने बसमा नेपालको साझेदारी, कन्टेनर र भूकम्पअघिझै नेपालबाट निर्यातजस्ता विषय उठाएका थियौं,ु प्रजिअ थापाले भने । चीन पक्षले क्रस बोर्डर क्राइमको मुद्दासहित अन्य पक्षलाई उठाएको छ ।नाकालाई अझै व्यवस्थित र सहज बनाउनेबारे छलफल भएको छ ।

नेपालबाट प्रजिअ थापासहित प्रहरी उपरीक्षक रामेश्वर कार्की,सशस्त्र प्रहरीलगायत थिए भने चीनबाट न्यालमका उच्च चिनियाँ अधिकारी र सुरक्षाकर्मी उपस्थित थिए ।

यसअघि रसुवाको बाढीका कारण अलपत्र परेका २०५ जनाको उद्धार गरेको भन्दै नेपाल पक्षका प्रतिनिधिले धन्यवाद दिएका थिए । थप उद्धारका लागि पनि उनीहरुले अनुरोध गरेका छन् ।

 

तातोपानी नाकामा ०७८ वैशाख १८ बाट निर्यात खुलाइएको थियो । तर, चीनले निर्यातलाई प्राथामिकता नदिएर एकोहोरो आफ्नै सामान मात्रै बेच्दा स्थानीय र व्यवसायी हैरान भएका छन् । सीमा जोड्ने कोदारी राजमार्ग २६ किलोमिटर अझै क्षतिग्रस्त हुँदा कन्टेनरलाई धराप थापेझैं अवस्था छ ।स्थानीयले मितेरी पुलपारिका चिनियाँ बजारबाट घरायसी प्रयोजनका सामान ल्याउन पनि सीमामा सुरक्षाकर्मीबाट घण्टौं रोकेर झन्झटिलो बनाउने गरेको व्यवसायीले दुखेसो गर्दै आएका छन् ।

भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी,चाउचाउजस्ता एकसय ८२ प्रकारका सामाग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुने गर्थ्यो । यहाँका सयौँ व्यापारीले निर्यातमा निर्भर थिए । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चीनले निर्यात ठप्पजस्तै बनाएको छ । वैशाख १८ मा निर्यात खुलेलगत्तै ७ कन्टेनरमा मुडा, मेट्रेस, कुर्सीजस्ता ४३ लाख र अघिल्लो हप्ता ७ लाख गरी ५० लाख बराबरको सामाग्री चीनमा पैठारी गरिएको थियो । त्यसयता यहाँबाट कुनै निर्यात हुन सकेको छैन, निर्यात लगभग शून्यजस्तै छ ।