प्रधानमन्त्री ओली भन्छन् : सबै नेपालीले खीर खान पाउनुपर्छ

0 Shares

 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह गरेका हुन् ।

यस वर्ष तराई(मधेशमा सुक्खा लागेकाले राम्रो खेती हुन नसक्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै देशको अन्नभण्डारका रूपमा रहेको तराई(मधेशमा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।Prime Minister Oli says: All Nepalis should be able to eat kheer

प्रधानमन्त्री ओलीले सुनकोशी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायतका आयोजना छिटो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी दिए ।

विभागका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली मौलिक सस्कृतिको जगेर्नाका लागि हरेक वर्ष ‘खीर खाने’ कार्यक्रम आयोजना गर्दै आएको बताए ।