0
Shares
सबिना पार्कमा भएको टेस्ट जितेर अस्ट्रेलियाले तीन खेलको शृंखलामा ‘ह्वाइट वास’ पनि गरेको छ । यससँगै अस्ट्रेलियाले फ्रायन्क वारेल ट्रफि आफूले कायम राखेको छ । पूरा शृंखलामा वेस्ट इन्डिजको प्रदर्शन भने कमजोर रह्यो ।
स्टार्कले टेस्ट क्रिकेटमा आफ्नो चार सय विकेट पूरा गरे भने स्कट बोलान्डले ह्याट्रिक पनि गरे । वेस्ट इन्डिजले टेस्ट क्रिकेटकै सबैन्दा कम स्कोरको कीर्तिमानको दुर्भाग्य भने आफ्नो नाममा लेखाउनु परेन् । सन् १९५५ मा न्युजिल्यान्ड २६ रनमा अलआउट भएको थियो ।