इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई क्यानले ५० हजारसहित सम्मान गर्ने

0 Shares

काठमाडौं नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एसिसी पुरुष यु(१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही रु ५० हजारसहित सम्मान गर्ने भएको छ।

यही असार २१ गते मलेसियमा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। जसमा सहभागी टोलीलाई क्यानले जनही रु ५० हजार प्रदान गर्ने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

नेपालले त्यसअघि समूह चरणको खेलेको सबै खेल जितेको थियो। नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो।