एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० खेलाडीलाई आज नगद र छात्रवृत्तिसहित सम्मान गरेको छ । धुम्बाराहिस्थित स्कुलमा आज आयोजित कार्यक्रममा कप्तान सावित्रासहित, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडी सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनहि रु १० हजार र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो । उनीहरूलाई काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनले स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का सहायक महासचिव दामोदर ९बद्री० भट्टराईलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेको थियो ।