कांग्रेस केन्द्रीय समिति बैठक जारी

0 Shares

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा विभिन्न १३ वटा एजेण्डाहरूमा छलफल भइरहेको छ।

पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन, सय दिने पार्टीको अभियान, विदेशस्थित सम्पर्क मञ्चको अवस्था, सरकारको कार्यसम्पादन, र संघ तथा प्रदेश सरकारले ल्याएको बजेटको समीक्षा प्रमुख एजेन्डा रहेका छन्।

यसका साथै, सामाजिक तथा राजनीतिक विषयवस्तुहरूमा पनि गहन समीक्षा भइरहेको छ। बैठकमा केन्द्रीय सदस्यहरूले आ(आफ्ना धारणा राख्ने क्रम जारी छ।