
काठमान्डौं: हुम्ला जिल्लाका एक साहासि, जुझारु युवा १० वर्षे शसस्त्र जनयुद्दमा हुमिएका लोकेन्द्र बहादुर शाहि माओबादि केन्द्रका युवा नेता हुन । बाल्यकालमै आफ्नो बुवा गुमाएका शाहि आमा बितेको ३ दिनमा भुमिगत भएका थिए ।
जनयुद्ध कालमा बिभिन्न युद्द मोर्चामा सफल सहभागी भएका शाहि सान्ति प्रकृयामा आउदा सेना समायोजनमा भने अयोग्य लडाकु बनाईएको थियो । त्यतिबेला आफुमाथि अन्याय भएको बताउछन । पछि लामो समय प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहिको सचिवालयमा काम गर्दै आईरहेका शाहि २०७९ को स्थानिय निर्वाचनमा वडा अध्यक्षको लागि टिकेट पाएर चुनाव लड्न खोज्दा पनि जिल्लाकै पाटि नेतृत्वको दबाबमा गठबन्धनलाई सपोर्ट गर्न पुगेका शाहि अहिले पनि आफ्नो राजनिती कर्तव्य नबिर्सेर सेवा गर्दै आईरहेका छन ।
वाईसीएलको केन्द्रीय सदस्य सम्म भैसकेका शाहि अहिलेको वाईसीएलको माहाधिबेशनमा सचिव पदको आकांक्षि थिए तर आफुलाई हेटक्वाटरको मान्छे भनेर पेलिएको र कुनै जिम्मेवारीमा नअटाएको उनि बताउछन । पाटि नेतृत्व प्रति आफू जहिल्यै पनि बफादार भएर लागिरहेको र यो कुरा पाटिभित्रका केहिलाई मन नपरेकै कारण आफुलाई अहिले अन्याय गरेको शाहिको दाबि छ ।
हाम्रो पाटि नेतृत्व प्रचण्डको अहिलेको जुन सक्रियता छ त्यो बुझेर नेतृत्वलाई साथदिने अबको वाईसीएल चाहिन्छ । त्यस्को लागि हामिहरु जस्ता युवालाई पाटिले बुझेर भुमिका दिनुपर्ने शाहिको भनाई छ । आफू सधैंभरि प्रचण्डको कदमलाई साथ दिने सच्चा क्रान्तिकारी युवा भएको र त्यो कुरा पुर्व वाईसीएल नेताहरुले नबुझेको गुनासो गरेका छन ।
अर्का माओवादीका युवा नेता राजेश बुढाले पनि वाईसीएलको केन्द्रीय सचिवमा नअटाएको मा दुख व्यक्त गरेका छन । लामो समयदेखि विद्यार्थी राजनितिमा काम गर्दै आएका बुढा पहिले वाईसीएलको केन्द्रीय सदस्य भएर काम गरिरहेका थिए । अहिले वाईसीएलको केन्द्रीय सचिवको आकांक्षि थिए त्यसको लागि लोकेन्द्र शाहि लगाएत अन्य साथिहरुको पनि साथ हुदाहुदै मलाई सचिवको जिम्मेवारीमा नराख्नु ठुलो गल्ति गरेको उनको भनाइ छ । वाईसीएलका पुर्व नेताहरुको कारण आफुजस्ता युवाहरुलाई कमिटिमा नसमेटेर छेक्न खोजिएको दाबि गरेका छन । “पाटि नेतृत्वको मान्छे भनेर जुन अपमानित व्यबहार हामिमाथि भयो यस्तो हर्कतको घोर बिरोध गर्न चाहान्छौं “उनले भने । नेतृत्व प्रति बफादार भएर काम गरिरहेका हामी जस्ता युवालाई निस्तेज पार्नु ठुलो गल्ती गरेको उनको दाबि छ ।
वाईसीएलको विधानमा ३५ सदस्यीय पदाधिकारी र २५१ को केन्द्रिय समिति रहने व्यवस्था छ । तर विधान विपरित ७१ सदस्यीय पदाधिकारी र ३५१ सदस्यीय कमिटी निर्माण गरेर संगठनभित्र अराजकता निम्त्याएको दाबि गरेका छन । पाटि नेतृत्व लाई नै घेरा बन्दीमा राख्न खोज्ने वाईसियलका पुर्व नेताहरुको नियत देखिएको दाबि गरेका छन । अहिले शलबलाईरहेका प्रतिक्रियावादीहरुलाई परास्त गर्ने हामी जस्तो युवालाई वाईसीएलमा नसमेट्नु ठुलो गल्ति गरेको युवा नेता द्वय शाहि र बुढाको भनाई छ । र आफुहरु संधैं प्रचण्डको भिजन र बिचारमा साथ सपोर्ट गरिरहने बताउछन ।