सुनिल कटुवालको नयां गित “लटरम्मै फल “सार्वजनिक

0 Shares

काठमान्डौं । चर्चित गायक सुनिल कटुवालको नयां गित “लटरम्मै फल उता डाली लरक्कै” सार्वजनिक भएको छ । हिजो सुनिलको आफ्नै जन्मदिनको अबसर पारेर गित सार्वजनिक गरिएको छ । नेपाल घर भई अष्ट्रेलिया कर्मथलो बनाउदै आएका सुनिल नेपाली गित संगितलाई असाध्यै माया गर्छन ।

दर्जनौं गितमा आवाज दिईसकेका सुनिलको नयां गितहरु ल्याउने क्रममा “ लटरम्मै फल उता डालि लरक्कै” ल्याएका छन । यस गितमा स्वर सुनिलको आफ्नै रहेको छ भने गायिका मुना अर्यालले स्वर दिएकी छिन ।

दिनेश राज पुरीको शब्द रहेको यस गितमा चर्चित संगितकार तथा गायक अर्जुन पोख्रेलको संगित रहेको छ । गितमा अभिनय सुधिर श्रेष्ठ, रोशन बिश्वकर्मा, सन्तोष वानिया र जुना बिश्वकर्माको रहेको छ । गित निकै उत्कृष्ट बनेको छ र छोटो समयमा दर्शकको न्यानो माया बटुलिरहेको छ । गित द डिभाईन म्युजिक बाट सार्वजनिक भएको छ ।

हेर्नुहोस पुरा भिडियो: