नगर प्रहरीले रोकेपछि कर्मचारी र वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्ष छिराउन सकेनन्

0 Shares

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यकक्ष छिर्न पाएनन् । महानगर प्रहरीले उनलाई कार्यकक्ष छिर्नबाट रोक लगाएका हुन् ।

बिहीबार केही वडाका वडाध्यक्षसहित कार्यालय परिसर पुगेका कर्मचारीले गुरागाईँलाई बलजफ्ती कार्यालय छिराएका थिए । उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यालय तोडफोड गरेर खोल्ने प्रयास समेत गरेका थिए । यद्यपी नगर प्रहरीको अवरोधका कारण उनी कार्यकक्ष प्रवेश गर्न पाएका छैनन् । उनलाई वडाध्यक्ष र कर्मचारीले बैठक कोठामा राखेका छन् ।

बिहीबार महानगरमा उत्रिएका कर्मचारी र वडाध्यक्षहरुले उनलाई कार्यालय पुर्याएका थिए । उनीहरुले सुरक्षा दिएर कार्यालय परिसर पुर्याएपनि नगर प्रहरीले गुरागाईँ र कर्मचारीलाई प्रवेश गर्न रोक लगाएको थियो । यद्यपी उनीहरुले नगर प्रहरीसँग बल प्रयोग गरेर गुरागाईँलाई कार्यालय प्रवेश गराएका थिए ।