बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !

0 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै युस्तो आरोप लगाएका हुन् । उनले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘ प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे १’

मेयर शाहले प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने दाउ देशलाई नडुबाउन सुझाव दिएका छन् ।

‘मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला ११’ उनले भनेका छन् ।

संघीय सरकारले काठमाडौैं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरको विकासको काम रोकिएको छ ।

यता, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने, सरुवा गर्ने जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने महानगरमा अहिलेसम्म औपचारिक रूपमा प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने नदेखिएको बताउँदै आएको छ ।