श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेब जैसी राष्ट्रिय सामाजिक अवार्डबाट सम्मानित !

0 Shares

काठमान्डौं । सिजन मिडियाद्वारा आयोजित “नेशनल सोशल वेलफेयर अवार्ड २०२४”कार्यक्रममा माननीय उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गर्नु भएको छ । श्रमजीवी पत्रकारका नेता जैसीलाई पत्रकारिता क्षेत्रका श्रमजीवी पत्रकारहरुको हकहितका पक्षमा दशकौंदेखि अनवरत रुपमा सेवामा समर्पित भएकोमा सम्मान स्वरुप राष्ट्रिय अवार्डका लागि चयन गरिएको हो । सिजनले अवार्ड प्रदान गर्दै भनेको छ, “यस अवार्डको चयनले उहाँको समाजप्रति गरेको गहिरो समर्पण, सकारात्मक परिवर्तनका लागि गरिएको अथक प्रयास र निरन्तर सेवाभावको उच्च मूल्याङ्कन हो।”

सिजन मिडियाका अनुसार जैसीलाई समाजमा गरेका अविस्मरणीय योगदानको कारणले यो अवार्ड प्रदान गरिने छ। सिजन मिडियाले जैसीको कार्यकाललाई प्रेरणादायक र समाजका लागि महत्वपूर्ण बनाएको र यसको मूल्याङ्कन आवश्यक रहेको बताएको छ।

“जन्मदेवले आफ्नो करियरको अधिकांश समय समाजका पिछडिएका र आवश्यकता परेका वर्गका लागि काम गर्न समर्पित गरेका छन्। उहाँले श्रमजीवी पत्रकारका रूपमा समाजको हक र अधिकारका लागि आवाज उठाएका छन् र पत्रकारिता क्षेत्रलाई सम्माननीय बनाएका छन्। उहाँको योगदानले समाजमा विभिन्न सकारात्मक परिवर्तन ल्याउने कार्यमा ठूलो भूमिका खेलेको छ,” सिजन मिडियाले भनेको छ।

सिजन मिडियाले यस अवसरमा जैसीलाई आगामी दिनहरूमा अझै सफलता, सुस्वास्थ्य र रचनात्मक जीवनको शुभकामना दिँदै अवार्ड प्रदान गर्ने जानकारी दिएको छ। यस कार्यक्रमको उद्देश्य समाजका उत्कृष्ट व्यक्तित्वलाई सम्मानित गर्नु मात्र नभई, समाजको लागि सकारात्मक योगदान दिने प्रेरणा प्रदान गर्नु पनि भएको बताएको सिजन मिडियाले आगामी दिनमा पनि जन्मदेब जस्ता समर्पित र प्रेरणादायी व्यक्तिहरूको योगदानको कदर गर्दै उहाँको कार्यलाई प्रोत्साहन गर्दै
सिजन मिडियाले यस अवार्ड कार्यक्रमलाई आगामी वर्षहरूमा अझै प्रभावकारी र समाजको लागि अत्यधिक महत्वपूर्ण बनाउनका लागि निरन्तर प्रयास गर्ने जनाएको छ। जैसी सहित करिब दर्जन समाजेवीलाई अर्वाड दिने भएको छ ।