0
Shares

काठमाडौँ । आसन्न नेपाल पत्रकार महासंघको महासचिवका लागि श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
शुक्रबार महासंघको केन्द्रीय कार्यालय पुगेर उनले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै उनले भनेका छन्– ‘क्रियाशील श्रमजीवी पत्रकारहरू सबैबाट माया सद्भाव र सहयोगको पूर्ण अपेक्षा छ।’
जैशी लामो समयदेखि श्रमजीवी पत्रकारले श्रमको मूल्य पाउनुपर्छ भन्दै आवाज उठाउँदै आएका छन्।
पत्रकार महासंघको यही मंसिर २८ गते महाधिवेशन हुँदैछ। यसैगरी अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवारी परेको हो ।