0
Shares
साफ वुमन्स च्याम्पियनसिपको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा नेपालले गरेको गोललाई मान्यता नदिएपछि विवाद भएको थियो।
आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएका थिए तर भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएन।
खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्। भारतले गोल गरेलगत्तै नेपाली खेलाडीले भारतको पोस्टमा गोल गरेका थिए। भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो। अवरुद्ध खेल पुनः सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेर बराबरी बनाएकी थिइन्।
आज भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।