0
Shares

हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताउनुभयो ।
चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रूघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिनुभयो । हिउँद सुरु हुनेबित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदेबाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताउनुभयो ।