आज पहाडी भागमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम सफा

0 Shares

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।