काठमाडौं । स्वतन्त्र कानुन ब्यवसायी मञ्चले नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध दायर अदालतको अवहेलना मुद्दा फिर्ता लिन माग गरेको छ ।
स्वतन्त्र कानुन ब्यवसायी मञ्चका अध्यक्ष यज्ञमणि न्यौपानेले बुधबार विज्ञप्ति जारी गर्दै अवहेलना मुद्दा फिर्ता लिन माग गरेको हुन।
“न्यायपालिकामा भ्रष्टाचार छ, त्यहाँ विभिन्न तहका विचौलियाहरु सक्रिय छन्, विचौलियाहरुको सर्वोच्च अदालतको प्राङ्गण देखी अदालतका फाँटहरु हुँदै ईजलाससम्मै पहुँच छ’। भन्ने भाष्य सहितको प्रतिवेदन सर्वोच्च अदालतका तत्कालिन माननीय न्यायाधिस हरिकृष्ण कार्कीको अध्यक्षतमा गठित छानविन समितिले समेत प्रष्ट उल्लेख गरी औल्याएको विषय हो । विज्ञप्तिमा उल्लेख छ।
यसरी विभिन्न आयोग, समितीले विभिन्न समयमा नेपालको न्यायपालिकामा भष्ट्राचार समस्याको रुपमा रहेको र हामि सबैले उक्त समस्यालाई चुनौतीकारुपमा आत्मसाथ गरेको विषय हो ।
हालै, मिति २०८१।०६।११ मा संचारकर्मीहरु सँग अन्तरक्रिया गर्दा नेपाल बार एसोसियसनका अध्यक्ष ब.अ. गोपाल कृष्ण घिमिरेले न्यायपालिकामा भ्रष्टाचार व्याप्त रहेको विषयलाई उल्लेख गरी अभिव्यक्ती दिनु भएकोमा उक्त अभिव्यक्तीको सत्य, तथ्य एकिन नै नगरी एकाएक पुर्वागृही भई उहाँ विरुद्द दायर भएको अदालतको अवहेलनाको मुद्दा बदनियतपूर्ण तवरबाट दायर भएको यस मञ्चको बुझाई रहेको विज्ञप्तिमा भनिएको छ, ।
न्यायपरिषद्ले हालै सर्वोच्च अदालतमा रिक्त रहेका न्यायधीसहरुमा केवल दुई जना मात्र नियुक्ती गरेको विषयमा नेपाल बार एसोसियसन (ने. बा.ए.) का अध्यक्षले व्यक्तगर्नु भएको अभिव्यक्ती कुनै नौलो विषय नरहेको भन्ने बारेमा यस मञ्चको स्पष्ट मान्यता रहेको छ ।
यसरी, भुतकालका विभिन्न प्रतिवेदन तथा अनुसन्धानहरुले स्वीकार्दै आएको तथ्यलाई सार्वजनिकरुपमा वोलेको मात्र आधारमा अदालतको अवहेलना हुने होईन्। ने.बा.ए. का अध्यक्षका विरुद्द दायर भएको उक्त अदालतको अवहेलनाको मुद्दा अविलम्ब खारेज हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ।