प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न भएको छ । मिति २०८२ पौष १० गतेदेखि प्रारम्भ भएर पौष १२ गतेसम्म चलेको उक्त बैठक भैरहवाको मारवाडी सेवा संघमा सम्पन्न भएको हो । बैठकको उद्घघाटन सत्रमा परिषद्का राष्ट्रिय अध्यक्ष डा. दयाराम भुसाल, राष्ट्रिय महासचिव दिनेश कार्की, राष्ट्रिय संगठन सचिव रमेश कंडेलज्यू लगायत परिषद्का केन्द्रीय स्तरका कार्यकर्ताहरूको विषेश उपस्थिति रहेको थियो । उक्त बैठकमा शैक्षिक प्रस्ताव र समसामयिक प्रस्ताव गरी दुईवटा प्रस्ताव पारित गर्नुभयो थियो ।
शैक्षिक प्रस्ताव परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्कीज्यूले प्रस्तुत गर्नुभएको थियो भने समसामयिक प्रस्ताव परिषद्का राष्ट्रिय सचिव प्रेम बोहराज्यूले प्रस्तुत गर्नुभएको थियो । विभिन्न सत्रमा सञ्चालन भएका बैठकमा परिषद्का संगठनात्मक समीक्षा तथा विभिन्न आयामको बारेमा चर्चा भएको थियो । संगठनात्मक चर्चा परिषद्का राष्ट्रिय संगठन सचिव रमेश कंडेलज्यूले लिनुभएको थियो भने आयाम कार्य अन्तर्गत निरामय आयाम दीर्घराज जोशीज्यूले लिनुभयो ।
त्यसैगरी संस्कृत विद्यार्थी आयाम नारायण तिमिल्सिनाज्यू, छात्रा कार्य मुना विष्टज्यू, मिडिया कार्या मणिराम चौलागाईंज्यू, छात्र विचार पत्रीका मदन तामाङज्यू, जनजाति कार्य हरिश बिहराज्यूले लिभएको थियो । परिषद्को यस बैठकबाट विशेष कार्यक्रमात्मक घोषणा पनि भएको छ । जसअन्तर्गत निरामय राष्ट्रिय सम्मेलन पौष २६ र २७ गते चितवन स्थित चितवन मेडिकल कलेजमा गर्ने निर्णय गर्नुभयो भने राष्ट्रिय सचिव सम्मेलन माघ ३,४ र ५ गते पोखरामा गर्ने, जनजाति विद्यार्थी सम्मेलन आगामी २०८३ जेठ महिनामा धरान अथवा काठमाडौमा गर्ने, शिक्षक बैठक आगामी चैत्र महिनामा काठमाडौंमा गर्ने, राष्ट्रिय परिषद् बैठक दमौलीमा सम्पन्न गर्ने निर्णय भएको हो ।
परिषद्को केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न भर पश्चात् परिषद्ले सोही दिन ११ बजे नागरिक अभिनन्दन समारोह सम्पन्न गरेको छ ।उक्त नागरिक अभिनन्दन समारोहमा प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्री माननीय सन्तोष कुमार पाण्डेज्यू, परिषद्का राष्ट्रिय अध्यक्ष डा. दयाराम भुसालज्यू, राष्ट्रिय महासचिव दिनेश कार्कीज्यू, परिषद्की राष्ट्रिय सचिव मुना बिष्टज्यू, नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यज्यू , नागरिक अभिनन्दन समारोह समिति सचिव अरुण अग्रवालज्यू, परिषद्का लुम्बिनी प्रदेश अध्यक्ष कमल कोइरालाज्यू लगायत को विशेष उपस्थितिमा भैरहवा निवासी नागरिकहरूले परिषदलाई अभिनन्दन गरी सम्पन्न गर्नुभयो ।