काठमाडौँ — चेल्सीले यृुरोपेली च्याम्पियन्स लिगमा मंगलबार दस खेलाडीमा सीमित बार्सिलोनामाथि ३–० को प्रभावशाली जित निकालेको छ । पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी भने बायर लेभरकुजनको हातबाट २–० ले पराजित रह्यो । सन् २०२१ को च्याम्पियन चेल्सीका लागि स्टेभाओ र लियाम डेलापले गोल गरे ।
जुलेस कोन्डको आत्मघाती गोलमा चेल्सी स्टायनफोर्ड ब्रिजमा भएको खेलमा अग्रता लिएको थियो । यो जितपछि चेल्सीको पाँच खेलबाट १० अंक भएको छ । सिटी पनि दस अंकमै रहेको छ । ग्वार्डिओलाले लेभरकुजनविरुद्ध आफ्ना प्रमुख खेलाडीलाई आराम दिएका थिए ।
उनको यो रणनीति गलत सावित भयो । जर्मन बुंडेसलिगा क्लब बोरुसिया डर्टमुन्डले स्पेनी प्रतिद्वन्द्वी भिल्लारियलमाथि ४–० को जित रच्यो । अर्को इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड भने मार्सेसँग २–१ ले पराजित रह्यो । इटालीको च्याम्पियन नेपोलीले भने कोरबागमाथि २–० को हात पार्यो ।
अर्को सिरी ‘ए’ क्लब युभेन्ट्सले बोर्डो/गिम्टलाई ३–२ ले पन्छायो । अन्य खेलमा बेनफिकाले आयाक्सलाई २–० र युनियन सेन्ट गिलोसले १–० ले हरायो । यस्तै स्लाभिया प्राग र एथलेटिको बिलबाओबीचको खेल निराशाजनाक गोलरहित बराबरीमा टुंगियो ।