0
Shares
प्रतियोगितामा दुई छिमेकीबीचको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेलमा भारत सजिलै विजयी रहेको थियो । अब पाकिस्तानसामु त्यसको बदला लिने अवसर हुनेछ ।
भारत तथा पाकिस्तान दुवैको चार चार अंक छ र शीर्ष दुई स्थानमा रहेका छन् । दुबईमा भएको सुपर फोरको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ३५ रन बनाएको थियो ।
त्यसमा मोहम्मद ह्यारिसले ३१ र मोहम्मद नवाजले २५ रन बनाए । जवाफमा बंगलादेशले नौ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन मात्र सक्यो ।
साहिन साह अफ्रिदी र ह्यारिस रउफले तीन तीन विकेट लिए र बंगलादेशीको जवाफ ब्याटिङ बलियो रहेन् । समिम हुसेनले बनाएको ३० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो । अब फाइनल आइतबार हुनेछ ।