नारायणी अस्पतालमा आगलागी

0 Shares

बिहान करिब ४ बजे अस्पतालको तेस्रो तल्लामा रहेको स्टोरमा विद्युत् सट भई आगो लागेको थियो । अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार आगलागीको कारण स्टोरमा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । आगलागीमा परी स्टोरमा राखिएका दुई वटा मनिटर, एउटा एलईडी, अक्सिजन प्लान्टमा प्रयोग गरिने पाइप, मास्क, एनआईसियुका उपकरणहरू आदि जलेर करिब १० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

नवजात सघन उपचार कक्षमा भर्ना भएका बालबालिकालाई सुरक्षित रूपमा अन्य विभागमा स्थानान्तरण गरी उपचार गरिँदै छ ।