नौ गोलको ‘थ्रिलर’ मा पीएसजीको जित

0 Shares

काठमाडौँ — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा नौ गोलको असाधारण ‘थ्रिलर’ मा टुलोजलाई ६–३ ले पराजित गरेको छ ।

यो जितपछि उसको तीन खेलबाट नौ अंक भएको छ र शीर्षमै कायम रह्यो । यस जितसँगै पीएसजले फ्रान्सेली घरेलु लिगमा आफू कति बलियो छ भनेर पनि प्रमाणित गरेको छ ।

डिफेन्डिङ च्याम्पियनका लागि आफ्नो शतप्रतिशत सुरुआत कायम राख्नका लागि जाओ नेभासले ह्याट्रिक गरे । ओसमन डेम्बेला दुई गोल गरे र यो दुवै गोल पेनाल्टीबाट रह्यो ।

अर्को एउटा गोल भने ब्राडली बारकोलाको नाममा रह्यो । टुलोजको लागि भने चार्ली क्रेसवेल, याना जीबोहो र एलेक्स भोसाहले गोल गरे ।