साफ यू–१७ वुमेन्स च्याम्पियनसिप : नेपालमाथि भारतको ७ गोल

0 Shares

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु र अनुष्का कुमारीले दुई दुई गोल गरे । यस्तै, जुलन नोन्गमाइथिमले एक गोल गरिन् । भारत पहिलो हाफमा पाँच गोलले अगाडि थियो ।

राउन्ड रोबिनो आधारमा सुरु भएको प्रतियोगितामा यो हारले नेपालको स्थिति कमजोर बनेको छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । सहभागी अन्य टिममा आयोजक भुटान र बंगलादेश रहेका छन् ।