काठमाडौँ । भोलि मङ्गलबारदेखि सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो पटक भित्रिएको दिपलको ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चाङ्गन अटोसँग सहकार्यमा नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिन ईभीटोललाई नाडा अटो शोमा राख्न लागेको हो ।