- राफिन्हा, फेरान टोरेस र लामिन यामालले बार्सिलोनाका लागि गोल गरेका छन्।
- मालोर्काका मानु मोरलेनेस र भेडाट मुरिक्वीले पहेँलो र रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए।
१ भदौ, काठमाडौं । बार्सिलोनाले स्पेनिस लालिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ९ खेलाडीमा सीमित मालोर्कालाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो ।
बार्सिलोनाका लागि राफिन्हा, फेरान टोरेस र लामिन यामालले गोल गरे । मालोर्का पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको थियो । ३३औं मिनेटमा मानु मोरलेनेसले दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिए भने ३९औं मिनेटमा भेडाट मुरिक्वी रातो कार्ड खाँदै बाहिरिएका थिए ।
खेलको सातौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २३औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गरे ।
इन्जुरी समयको चौथो मिनेटमा लामिन यामालले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

