इंग्लिस प्रिमियर लिग आजदेखि

0 Shares

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिग २०२५–२६ को नयाँ यात्रा शुक्रबार सुरु गर्दै छ । टोलीको पहिलो प्रतिद्वन्द्वी छ बर्नमाउथ । एनफिल्डमा हुने खेलसँगै लिभरपुलले डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षाको अभियान सुरु गर्नेछ । लिगको पहिलो चरण खेलमा सबैभन्दा प्रमुख र आकर्षक खेल भने त्यो रहनेछ । जसमा म्यानचेस्टर युनाइटेडले आर्सनलको आतिथ्यता गर्नेछ ।

पछिल्लो ६ वर्षमा लिभरपुल तेस्रोपल्ट लिग उपाधि जित्ने प्रयासमा हुनेछ । त्यसमा उसका लागि नयाँ अधिकास खेलाडीले औपचारिक रूपमा डेब्यु गर्न सक्नेछन् । आर्ने स्लटका लागि लिगको पहिलो खेल गाह्रै रहनेछ । त्यतिमात्र होइन लिभरपुलका लागि सुरुआती एक महिना कठिन चुनौतीले भरिएको छ । लिभरपुलले अर्को साता न्युकासल युनाइटेडको भ्रमण गर्नेछ भने त्यसपछि आर्सनल एनफिल्डमा आउनेछ ।

लिभरपुलले लिग अभियान सुरु गर्दा टोलीको मनमा कम्युनिटी सिल्डमा न्युकासल युनाइटेडविरुद्ध बेहोरको हारको पीडा हुनेछ । तर, टिमको एकमात्र उद्देश्य सुरुआती ३ अंक नै रहनेछ, यसले टिममा फेरि उत्साह भर्नेछ । नयाँ सिजनकै लागि भनेर लिभरपुलले ३० करोड डलरभन्दा बढी खर्चिसकेको छ र सम्भवतः थप केही नयाँ खेलाडीका लागि मन खुलेर खर्चन तयार देखिएको छ ।

गत सिजन नवौं स्थानमा रहेको बर्नमाउथको प्रदर्शनमा पनि सुधारको अपेक्षा गरिएको छ । पछिल्लो तीन सिजन लगातार दोस्रो स्थानमा रहेको आर्सनलले ओल्ड ट्राफोर्ड जान लागेको हो । उसका लागि पनि सुरुआती छ खेल कठिन रहेका छन् । यसक्रममा उनले लिभरपुल, म्यानचेस्टर सिटी र न्युकासलको सामना गर्नेछ । गत सिजन युनाइटेड अविश्वसनीय र निराशाजनक रूपमा १५ औं स्थानमारहेको थियो ।

अब टोलीको उद्देश्य त्यसमा सुधार नै रहनेछ । युनाइटेडले लिगको चौथो चरणमा आफ्नो छिमेकी सिटीसँग खेलेयता पाँचौं चरणमा चेल्सीसँग भिड्नेछ । फेरि ब्युँझिने प्रयासमा रहेको सिटीले भने उल्भसको घरमा खेल्नेछ । शीर्ष चारका प्रतिस्पर्धा गर्ने चेल्सीले अलिकति उत्साही र अलिकति दुःखी क्रिस्टल प्यालेसको सामना गर्नेछ । एभरटनको पहिलो दिन लिड्स युनाइटेडसँग भेट हुनेछ ।

यसक्रममा एभरटन भ्रमणमा निस्कन लागेको हो । यो खेल सोमबार छ । त्यसपछिको खेल ऐतिहासिक र भावनात्मक दुवै रहनेछ । क्लब इतिहासमै एउटा ठूलो दिनका रूपमा एभरटनले ब्राइटनको सामना गर्नेछ । यो खेल ५३ हजार दर्शक क्षमताको ब्रामली मुर डक हुनेछ । यो रंगशाला सबै खाले सुविधाले सुसज्जित छ । यसैक्रममा एभरटनले लगभग आफ्नो स्थापना कालदेखिकै गुडिसन पार्कबाट भावनात्मक बिदाइ लिनेछ ।

थोमस फ्रान्कले टोटनहम प्रशिक्षकका रूपमा औपचारिक रूपमा डेब्यु गर्नेछन् । टोटनहमको प्रतिद्वन्द्वी हुनेछ बर्नली । बर्नली च्याम्पियनसिप लिगबाट बढुवा खाँदै प्रिमियर लिग फर्केको हो । सन्डरल्यान्ड सन् २०१६–०१७ यता पहिलो पटक प्रिमियर लिगमा खेल्दै छ । टोलीको विपक्षी टिम रहनेछ वेस्ट ह्याम । अन्य खेलमा एस्टन भिल्लाले न्युकासल, ब्राइटनले फुलहम र नटिङघम फरेस्ले ब्रेन्टफोर्डसँग खेल्नेछ ।