0
Shares
काठमाडौँ — काठमान्डु गोर्खाजका प्रमुख प्रशिक्षक मोन्टी देसाई काठमाडौं आइपुगेका छन् । प्रशिक्षक देसाई बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोन्टीको स्वागतमा गोर्खाजका कार्यकारी निर्देशक कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीलगायत पुगेका थिए ।
२०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए । यही क्रममा नेपालले विश्वकप लिग(२ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो
प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो । फेब्रुअरीमा मात्र काठमाडौं छाडेर गएका मोन्टी ९ महिनापछि नेपाल फर्किएका हुन् ।