चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अलि नियुक्त

0 Shares

 

काठमाडौं स् चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अलि नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो सिजनका लागि चितवनले अलिलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

यसअघि पहिलो सिजनमा चितवन राइनोजको मुख्य प्रशिक्षकमा उमेश पटवाल थिए भने अलि सहायक प्रशिक्षक थिए।
पहिलो सिजनमा चौथो स्थान हासिल गरेको चितवनले दोस्रो सिजनका लागि कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको छ।

नयाँ नेतृत्वको साथ ‘फियर द चार्ज’ गर्न तयार रहेको चितवन राइनोजले जनाएको छ।