0
Shares
जनकपुरधाम– सप्तरीको राजविराज कारागारमा शनिबार बिहान पाँच कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
कारागार प्रशासनका अनुसार कैदीबन्दीबीच केही दिनदेखि चलिरहेको आन्तरिक विवादपछि घटना भएको हो ।
समयमै सुरक्षाकर्मी र चिकित्सक टोली सक्रिय हुँदा कुनै मानवीय क्षति भएन ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारसँग भएको सामान्य विवादपछि तनाव बढेको बताए ।
हाल छलफलमार्फत अवस्था नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।