0
Shares
काठमाडौँ — बेन द्वाराहुइसले सुरुमा दुवै ओपनरलाई आउट पारे । त्यसपछि माथिल्लो क्रमका ब्याटर सिमरन हेटमायरको पनि विकेट लिए । त्यसै प्रदर्शनमा अस्ट्रेलियाले पाँचौं तथा अन्तिम ट्वान्टी–२० मा आइतबार वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ ।
यससँगै अस्ट्रेलियाले सिरिजमा एकोहोरो ५–० को जित निकालेको छ । अस्ट्रेलियाले जितका लागि १ सय ७१ रनको लक्ष्य पाएको थियो ।