म्यानचेस्टर ९एएफपी० — भारतले जसरी इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा आफूलाई हारबाट बचायो, त्यसलाई ‘ग्रेट स्केप’ भन्दा हुन्छ । ओल्ड ट्राफोर्डमा भएको त्यो टेस्ट बराबरीमा टुंगिएको थियो । अब अन्तिम तथा पाँचौं टेस्ट यसै साता ओभलमा हुनेछ ।
त्यसमा जित निकाल्ने हो भने भारतले शृंखला २–२ को बराबरीमा टुंग्याउन सक्नेछ । यो भने टेस्ट शृंखलामै हारबाट अर्को ‘ग्रेट स्केप’ हुनेछ । यसअगाडि फेरि एकपल्ट भारतसामु आफ्नो तीव्र गतिका बलर जसप्रित बुमराहबारे दुविधा कायम रहनेछ ।
शृंखला सुरु हुनु अगाडि भनिएको थियो, चोटका कारण यी बलरले तीन टेस्ट मात्र खेल्नेछन् । भारत चाहन्छ, बुमराहमाथि कामको बोझ धेरै नहोस् । म्यानचेस्टरमा खेलेको चौथो टेस्ट वरीयतामा शीर्ष बलरका लागि तेस्रो खेल रह्यो । जति बेला बिहीबार पाँचौं टेस्ट सुरु हुनेछ, बुमराहसामु थकानबाट आराम लिने समय पनि हुने छैन । चौथो टेस्टमा उनले ३३ ओभर बलिङ गरे । त्यसमा उनले १ सय १२ रन दिएर २ विकेट लिएका थिए । उनले एकै इनिङ्समा सय रन दिएको यो पहिलो पटक हो । यस्तोमा निर्णायक टेस्टमा के भारत यी ३३ वर्षीय बलरविना खेल्न तयार छ त रु यस्तै समस्या त इंग्लिस टिममा पनि छ । यो अरू कसैलाई लिएर नभई कप्तान बेन स्टोक्सलाई लिएर नै हो । उनी बलिङ गर्न सक्छन्, ब्याटिङ पनि । यस्ता अलराउन्डर टिमका लागि सम्पत्ति नै हुने गर्छन् । तर इंग्ल्यान्डलाई पनि स्टोक्स जत्तिको खेलाडीलाई चोटबाट बचाउनु छ ।
त्यसमाथि इंग्ल्यान्डका लागि एसेज शृंखला नजिक छ । चौथो टेस्ट स्टोक्सका लागि विशेष रह्यो, किनभने उनले एकै टेस्टमा शतक बनाए अनि ५ विकेट पनि लिए । यस्तो उपलब्धि हात पार्ने उनी चौथो इंग्लिस खेलाडीमात्र रहे । अहिली उनी ३४ वर्षका भए । उनले टेस्ट क्रिकेटमा ७ हजार रन बनाइसकेका छन् भने २ सय विकेट हात पारिसकेका छन् । यस्तो उपलब्धि चुम्ने उनी टेस्ट क्रिकेटकै तेस्रो खेलाडी मात्र हुन् । यस्तै उपलब्धि वेस्ट इन्डिजका ग्यारी सोबर्स र ज्याक कालिसले आत्मसात् गरेका थिए ।
शनिबार चौथो टिम स्टोक्सले भारतविरुद्ध भने एकपल्ट पनि बलिङ गरेनन् । उनी चोटबाट गुज्रिरहेको र पीडा सहन बाध्य रहेको देखिन्थ्यो । यस्तोमा स्टोक्सलाई खेलाडीका रूपमा कति प्रयोग गर्ने र नगर्ने हो, यसमा पनि दुविधा हुनेछ । यस्तै समस्या एक खेलाडीलाई लिएर भने छैन । उनी हुन्, भारतीय कप्तान शुभमन गिल । कप्तानका रूपमा उनले भारतका लागि सनसनीपूर्ण डेब्यु गरेका छन् । उनले ४ इनिङ्समा तीन शतक बनाइसकेका छन् ।
अन्य तीन इनिङ्समा भने उनले ३४ रन मात्र जोड्न सकेका छन् । यसको अर्थ के भने उनी आफैं समस्यामा पर्ने सक्ने खेलाडी हुन् । अथवा भनौं, दबाबले उनलाई पनि समाउने गर्छ । चोथो टेस्टमा जति बेला उनी ब्याटिङका लागि ओर्ले, भारत अझै तीन सय रनले पछाडि थियो । तर त्यही बेला उनले १ सय ३ रनको सानदार इनिङ्स खेले । उनलाई यसमा दुई अन्य शतकधारी ब्याटर वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले पनि साथ दिए । अब ओभलमा उनीसामु अझ बढी रन जोड्ने अवसर हुनेछ ।