बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, एक खेलाडी परिवर्तन

0 Shares

साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक गरिएको छ ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो खेलको टोलीमा एक परिवर्तन गरेका छन् । उनले आक्रमण लाइनमा मीना देउवालाई स्थान दिँदै वर्षा ओलीलाई बेन्चमा राख्ने निर्णय गरेका हुन् ।

ढाकास्थित बसुन्धरा किङ्स एरेनामा केही समयपछि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले हराएको थियो ।

आजको खेलमा गोलपोस्टको जिम्मेवारी सुजता तामाङले सम्हाल्ने छिन् । रक्षापंक्तिमा गंगा रोकाया, सिम्रन राई, माया मास्के र अनिशा राई छन् ।

मध्यपंक्तिमा सुक्रिया मिया, सुशीला केसी, कप्तान बिर्सना चौधरी र सेनु परियारले समन्वय गर्नेछन् ।

आक्रमणको अग्रपंक्तिमा पूर्णिमा राईसँगै मीना देउवा रहने छिन् । पूर्णिमाले पहिलो खेलमा ह्याट्रिकसहित चार गोल गरेकी थिइन् ।