बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै निक्षेपको ब्याजदर घटेको र यसले आधार दरमा पनि कमी आएको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत घटेपछी बैंकहरुको आधार दर पनि घटेको हो ।
कुन बैंकको आधार दर कति ?
असोजका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.०३ प्रतिशतमा झरेको छ, जुन सबैभन्दा कम हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३७ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको आधार दर ७.०४ प्रतिशत, नबिलको ७.२४ प्रतिशत, नेपाल बैंकको ७.२८ प्रतिशत, ग्लोबल आइएमईको ७.४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.४९ प्रतिशत कायम भएको छ ।
यसैगरी , कृषि विकास बैंकको आधार पनि ७.६४ प्रतिशत, सानिमाको ७.६५ प्रतिशत, एनएमबिको ७.७२, सिद्धार्थको ७.७४ प्रभुको ७.७७, माछापुच्छ्रेको ७.८, नेपाल एसबिआईको ७.९१ प्रतिशत छ ।
त्यस्तै, लक्ष्मी सनराइजको ८.१७ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत, प्राइम कमर्सियलको ८.३५ प्रतिशत, हिमालयनको ८.३९, कुमारीको ८.४६ र एनआइसी एशिया बैंकको ९.०६ प्रतिशत रहेको रहेको छ ।