यी हुन् पोखरा विमानस्थल भ्रष्टाचारमा मुछिएका ५५ जना

0 Shares
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरी ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध ८ अर्बभन्दा बढी बिगो कायम गरी अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • प्रतिवादीमा पूर्वमन्त्री, सचिव, नागरिक उड्डयन प्राधिकरणका अधिकारीदेखि चिनियाँ कम्पनीका प्रतिनिधिसम्म परेका छन्।
  • यो राष्ट्रिय गौरवको आयोजना निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दाबी गर्दै संसदीय उपसमितिले अनुसन्धान गर्न निर्देशन दिएको थियो।

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएकामध्ये कांग्रेस नेता महत तत्कालीन अर्थमन्त्री हुन् भने बाँकी ४ जना पूर्वपर्यटनमन्त्री हुन् ।

अख्तियारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ । दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितताका पनि प्रतिवादी हुन् ।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रासमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत १० पूर्वसचिवहरूलाई समेत प्रतिवादी बनाइएको छ ।

पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो । २०६५ देखि अध्ययन सुरु गरेर २०७९ मा निर्माण सम्पन्न भएको यो विमानस्थल घोटाला प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समेत २०८२ वैशाखमा कैफियत देखाउँदै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो । समितिले थप अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो । समितिले प्रतिवेदन बुझाएको ७ महिनापछि अख्तियारले आइतबार अनुसन्धान टुंग्याउने विशेष अदालतमा मुद्दा लगेको हो ।

यी हुन् भ्रष्टाचारमा मुछिएका ५५ जना

१. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठ

२. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष भीमप्रसाद आचार्य

३. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दिपकचन्द्र अमात्य

४. अर्थ मन्त्रालयका तत्कालीन मन्त्री रामशरण महत

५. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे

६. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ

७. अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा

८. कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा

९. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जनकृष्ण अर्याल

१०. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव मोहनकृष्ण सापकोटा

११. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव तथा प्राधिकरण सञ्चालक समितिको सदस्य लोकबहादुर खत्री

१२. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनरुप शाही

१३. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य ज्योति अधिकारी

१४. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनोज कार्की

१५. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य फुर्वा छिरिङ शेर्पा

१६. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य सुरेश आचार्य

१७. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य मदन खरेल

१८. भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका सदस्य मुक्तिनारायण पौडेल

१९. भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका सदस्य सूर्यप्रसाद आचार्य

२०. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव त्रिरत्न मानन्धर

২১. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव रतीश चन्द्रलाल सुमन

२२. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक सुमन कुमार श्रेष्ठ

२३. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन उप-सचिव हरि बहादुर खड्का

२४. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक रोशन चित्रकार

२५. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक ऋषिकेश शर्मा

२६. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक नारायण गिरी

२७. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक महेश कुमार बस्नेत

२८. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेल

२९. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक अशोक कुमार सुवेदी

३०. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रवन्धक मुरारी भण्डारी

३१. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक सुवर्ण राज उपाध्याय

३२. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक प्रताप वावु तिवारी

३३. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्र प्रसाद फुयाल

३४. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक राम चन्द्र सुवेदी

३५. सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना (डा. रामकृष्ण तिमल्सेना)

३६. एयरपोर्ट इन्जिनियर डा. पुरुषोत्तम डंगोल

३७. नेपाल नागरिक उड्‌डयन प्राधिकरणबाट सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी (बिनोदानन्द चौधरी मैथिल बाहुन)

३८. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारी

३९. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक गंगा सागर मान श्रेष्ठ

४०. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक हाल महानिर्देशक प्रदीप अधिकारी

४१. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक डा. रबिन्द्रनाथ श्रेष्ठ

४२. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सूर्य ज्ञवाली

४३. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सन्तोष कुमार श्रेष्ठ

४४. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक हंसराज पाण्डेय

४५. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक डा. पुण्यराज शाक्य

४६. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन बरिष्ठ कानुन अधिकृत द्वारिका प्रसाद भट्टराई

४७. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक कुल प्रसाद सिंखडा

४८. अर्थ मन्त्रालयका तत्कालीन सहसचिव मधुकुमार मरासिनी

४९. अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लाल बहादुर खत्री

५०. अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत कमल कुमार भट्टराई

५१. अर्थ मन्त्रालयका तत्कालीन उपसचिव प्रेम उपाध्याय (प्रेम नाथ उपाध्याय)

५२. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष स्व. पोष्ट बहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी

५३. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजकी हकवाला श्रीमती यमुना देवी श्रेष्ठ

५४. चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र त्यसका अध्यक्ष वाङ पो र क्षेत्रीय प्रबन्ध निर्देशक लिउ सेङचेङ