मध्यरातको स्टाटसले बालेनलाई डुबायो !

0 Shares

 आफ्नै अभिव्यक्तिबाट बेलाबेला विवादमा आइरहने काठमाडौं महानगरका मेयर बालेन शाह फेरि विवादमा तानिएका छन् । प्रायः आफ्ना विचार सामाजिक सञ्जालमार्फतै व्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखेका थिए ।

अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखिएको उक्त स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेका थिए । अहिले उनले स्टाटस हटाइसकेका छन् । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट राखेर व्यापक टिप्पणी गरिरहेका छन् ।

स्टाटसमा उनले अमेरिका, भारत र चीनका साथै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र माओवादीलाई गाली गरेका थिए । स्टाटसको अन्त्यमा उनले “तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौ” भनेर लेखेका थिए ।

पछिल्लो समय बालेनमाथि अन्तर्राष्ट्रिय शक्तिसँग साठगाठ गरेको आरोप लाग्दै आएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा उनी अदृश्य शक्ति बनेर सक्रिय भएको भन्ने चर्चा थियो । यहीबेला उनले चीन, भारत, अमेरिकासहित नेपालका प्रमुख दलहरूलाई गाली गर्दै स्टाटस लेखेका हुन् ।

मन्त्री पुनको कटाक्ष
सामाजिक सञ्जालमा बालेनको स्टाटसको आलोचना भइरहेकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मेयर लक्षित कटाक्ष गरेका छन् । मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न अनुरोध गर्दै लेखेका छन्– “केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला–बेला सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।”

एमाले नेताहरू बढी आक्रमक
मेयर बालेनविरुद्ध सबैभन्दा बढी आक्रमक एमालेका नेताहरू देखिएका छन् । केन्द्रीय सदस्य विष्णु रिजालले बालेनलाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ, गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’

एमालेका अर्का नेता महेश बस्नेतले भने बालेनको स्टाटसले उनी कस्तो स्तरका व्यक्ति हुन् भन्ने स्पष्ट भएको बताएका छन् । बस्नेतले तीन वर्षअघिका आफ्नो टिप्पणीको उदाहरण दिँदै लेखेका छन्– ‘‘तीन वर्ष अगाडि जब मैले बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने धेरै साथीहरूले अहिले आएर भन्छन् “तपाईं ठिक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ, हिजो राति बालेन साहले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ ।’’

त्यस्तै अर्का नेता सूर्य थापाले पनि बालेनप्रति आक्रोश व्यक्त गर्दै गाँजा तान्ने व्यक्तिलाई राजधानीको मेयर बनाउने र कारबाही नगर्ने सबैलाई अपराधी र देशद्रोही भनेका छन् । उनले लखेका छन्– ‘‘गाँजा तानेर लुसिफर९दलाल÷शैतान० बेहोसीमा पागल भएर लेखेको आफैले हटाएर खुब आनन्द मानेको छ। सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नाश भएर रातीराती देश बनाउने स्वाँङ पो गर्छ । बाबुले सिंहदरबार बैद्यखाना बनाएर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन लगाएर र दमकल तीनदिनसम्म नपठाएर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ । अझ यस्ता देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई बालेन शहर आएँ÷गएँ भनेर लेख्ने मान्छेहरूका अनुहार सम्झँदा पो लाज लाग्छ १ म शुरूदेखि स्पष्ट छु, यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो। यही योग्यताले यो मुसिफर र दलाल भएको हो गाँजा तान्ने दुब्र्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् १’’

त्यस्तै एमाले नेता विष्णु रिमालले पनि वालेनको चर्को आलोचना गरेका छन् । उनले लेखेका छन्–
यो कसरी हुन सक्छ, महोदयरु
एकाथरिले–
हिंसा, त्रास र आतङ्कको
भाषा भट्याइरहने,
आरोप लगाइरहने,
अपशब्द र अपमान गरिरहने,
व्यवस्था र अमन–चैन कायम गर्ने
जिम्मा पाएकाहरू तमासे बनेर रहिरहने,
हुल्याहा र अपराधीका
सबै हरकतमा मौन रहिरहने,
अरूले चुपचाप सहिरहने,
शान्त रहिरहनु पर्ने रु
यो कसरी हुन सक्छ, महोदयरु
जवाफ त दिनु पर्ला नि,
परेन रु

बालेनको स्टाटसप्रति अन्य दलका नेताकार्यकर्ता, केही कलाकार र सर्वसाधारणले पनि आपत्ति जनाएका छन् । आलोचकहरूले बालेनको भाषालाई अशोभनीय भन्दै उनको छविलाई धुमिल हुने टिप्पणी गरेका छन् । केही समर्थकहरूले भने यसलाई राष्ट्रिय स्वाभिमानको अभिव्यक्ति भनेर बचाउ गरेका छन्, तर आलोचना व्यापक छ ।

मदिराको नशामा लेखेको चर्चा
मेयर बालेन शाहले मदिराको नशामा लेखेको भनिएको एक स्टाटस अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ । पत्रकार मञ्जु कार्कीका अनुसार बालेन शनिबार साँझ परिवारसँग ललितपुरस्थित एक रेस्टुरेन्टमा थिए । त्यहाँ उनी चार–पाँच जना साथीहरूसँग उपस्थित थिए । उनले आफू पनि त्यही रेस्टुरेन्टमा भएको र बालेनले बारम्बार मदिरा थपिरहेका दृश्य देखेको दाबी गरेकी छन् ।

बालेनको स्टाटस सेयर गर्दै कार्कीले फेसबुकमा लेखेकी छन्– ‘हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिएँ। मलाई बस्न मन पर्ने ठाउँ ९कौसी जस्तो० मा बालेन चार–पाँच जना साथीहरूसँग थिए। हामी भित्र बस्यौं, तर हाम्रो ठाउँबाट उनलाई देख्न सकिन्थ्यो। उनी बारम्बार मदिरा थपिरहेका थिए। मलाई लाग्यो, शनिबार छुट्टीको दिन भएकाले होला। मैले त्यति ध्यान दिइनँ, तर राति बालेनको यस्तो पोस्ट देखेपछि मेरो दिउँसोको अनुमानभन्दा अवस्था झनै गम्भीर रहेछ भन्ने लाग्यो ।’

त्यसपछि कार्कीले अर्को स्टाटस लेख्दै थप स्पष्ट पारेकी छन् । उनले लेखेकी छन– “म कसैकी विरोधी वा समर्थक होइन। भिडियो वा फोटो हेर्न चाहनेहरूले सिसिटिभी फुटेज हेर्न सक्नुहुन्छ। बालेन साहको कुरा भू–राजनीतिक सन्दर्भमा लेखिएको हो भन्ने लाग्छ। अन्यथा, रक्सी वा भाङको कुरा मलाई मतलब छैन । चाहनेले खाने कुरा हो । शाहसँग सायद एक अभिनेत्रीका श्रीमान् पनि थिए ।”

बालेन पछिल्लो स्टाटसले उनको राजनीतिक परिपक्वता, व्यवहार र अभिव्यक्ति शैलीमाथि गम्भीर प्रश्न उठाएको छ । उनले आफ्नो लोकप्रियता भावनात्मक समर्थनमा आधारित बनाए पनि, यस्ता अनियन्त्रित अभिव्यक्तिले उनको विश्वसनीयता र कूटनीतिक सन्तुलनलाई क्षति पु¥याएको छ । यस विवादले बालेनलाई मात्र होइन, नेपालको राजनीतिक संस्कार र नेताको जिम्मेवारीबोधमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था देखाएको छ ।