देशको पछिल्लो राजनितिक घटनाक्रम पछि ठुला राजनीतिक दलहरु मध्य नेकपा एमाले सबैभन्दा पहिला ११ औं राष्ट्रिय महाधिवेशन यहीं मंसीर २७ गते शनिवार उद्दघाटन गर्दैछ। सो अधिवेशनमा हाल युवाहरूलाई ठुला दलहरुले उपेक्षा गरीएको भनिरहेको बेला २०७४ मा ३१ वर्षको उमेरमा नै लोकप्रिय मतका साथ कर्णाली प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित भई सकेका दैलेखका सुशिलकुमार थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीले पहिलोपटक ४० वर्षमूनिका युवाहरुलाई केन्द्रीय कमिटीमा स्थान दिने नीति लिएपछि थापाले ४० वर्ष मुनि सबैभन्दा सिनियर आफु नै रहेकाले केन्दीय कमिटीमा उम्मेदवारी घोषणा गरेका छन्। हाल एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका उनी २०५६ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा सक्रिय भएका हुन् ।
उहाँ २०५८ मा अनेरास्ववियु दैलेख जिल्ला कमिटी सदस्य, २०६० देखि २०६३ सम्म अनेरास्ववियू सुर्खेत जिल्ला कमिटी सदस्य, २०६२ मा शिक्षा क्याम्पस सुर्खेतमा स्ववियू सदस्य निर्वाचित, २०६३ मा अनेरास्ववियु सुर्खेत जिल्ला कमिटी सह–सचिव, २०६५ मा जिल्ला कमिटी सचिव, २०६५ मा शिक्षा क्याम्पस सुर्खेतमा स्ववियू सचिव, २०६७ मा अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेका थिए। त्यस्तै २०७१ मा एमालेको जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, तीन कार्यकाल पार्टीको प्रदेश कमिटी सदस्य रहेर काम गरेको सांगठनिक अनुभव छ ।
निरन्तर भूगोलमा रहेर पार्टीको सांगठनिक, बैचारिक , सैद्धान्तिक र जनताको हरेक सुख दुःखमा सङ्गै रहेर काम गरिरहेका छन्। युवाहरूका माझमा उनी लोकप्रिय मानिन्छन् भने यो पटक पार्टीले पनि आफूलाई न्याय गर्ने र आफ्नो बलियो दाबी रहेको समेत बताएका छन्